सरकारले तोक्यो धानको समर्थन मूल्य, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । सरकारले बर्से धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि बर्से धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मोटो धानको न्यूनतम समर्थन मूल्य ३६ सय ६० रुपियाँ र मध्यम धानको समर्थन मूल्य ३८ सय ६० रुपियाँ प्रति क्विन्टल तोकिएको जानकारी दिए ।
यस्तै बैठकले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता पोखरेलका अनुसार नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे-केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्र पत्र स्वीकृत गरेको छ ।
यस्तै सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको उनले जानकारी दिए।


