नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन परराष्ट्रमन्त्रीको आग्रह
No ads found for this position
No ads found for this position
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली संघ (ईयू)का सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन्।
सोमबार परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा मनत्री खनालले नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयूका सदस्य राष्ट्रहरूसँग आग्रह गरे।
उनले हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगति र भइरहेका सुधारलाई ध्यानमा राख्दै कालोसूचीबाटट हटाउन आग्रह गरेका हुन्।
भेटका अवसरमा मन्त्री खनालले नेपालसँग ईयूको निरन्तर विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु कार्य, शिक्षा र जनस्तरको सम्बन्ध जस्ता क्षेत्रमा सहयोग सुदृढ गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया


