गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई पठाइयो पत्र
काठमाडौं । आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । गणतन्त्रको प्रतीक राष्ट्रपति भएको हुँदा उनले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ ।
प्रधानमन्त्री कार्यालयले जेठ १५ गते गणतन्त्र दिवसकामा सम्वोधन गर्न अनुरोध गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेको छ । कार्यालयका अनुसार मन्त्रिपरिषदबाटै यस विषयमा राष्ट्रपतिलाई पत्राचार गर्ने निर्णय भएको थियो । त्यसैअनुसार मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्याएका हुन् ।
प्रधानमन्त्री कार्यालयबाट अनौपचारिकरूपमा पनि राष्ट्रपतिलाई अनुरोध भइरहेको स्रोतले बतायो । गणतन्त्रको प्रतीक राष्ट्रपति भएको हुँदा उनले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ ।


