सुनको मूल्य घट्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा १ सय ५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *