सत्तापक्ष दलका सांसदहरू निरीह देखिए : वर्षमान पुन

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सरकारको नियत संसद छल्ने देखिएको बताएका छन् । उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने बताए ।

पुनले सत्तापक्ष दलका सांसदहरू सदनमा निरीह देखिएको टिप्पणी गरे ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरि सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको बताए ।

सांसदहरूले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने उनको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *