आईसीसी विश्वकप लिग २ : स्कटल्याण्डमाथि नेपालको शानदार जित

No ads found for this position
No ads found for this position

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई ६ विकेटको पराजित गरेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत स्कटल्यान्डले दिएको १९५ रनको चुनौतीलाई नेपाली टोलीले ७४ बल बाँकी छँदै ४ विकेको क्षतिमा पुरा गरेको हो ।

नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले ७४ र अर्का ब्याटर इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी नेपालका लागि ओपनरहरू कुशल भुर्त‍ेल र आशिफ शेखले पनि २८ र २९ रनको योगदान दिए ।

खेलमा स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरूवाती धक्का लागेको थियो । नेपालले ८ ओभर खेलिसक्दा २ विकेटको क्षतिमा ६० र बनाएको थियो। त्यसबेला नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेख सस्तैमा आउट भए ।

कुशलले २७ बलमा २८ रन बनाए । उता आशिफले १७ बलमा २९ रन बनाउँदै आउट भए । उता इशानले ६१ बलमा ५५ रन बनाए ।

सन्दीपको विश्व कीर्तिमान

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। नेपाली टोलीका पूर्व कप्तानसमेत रहनुभएका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाए ।

कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले आफ्नो नाममा विश्व कीर्तिमान रचे ।

सन्दीपले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा रहेको कीर्तिमान तोडे। मिचेलले यसअघि सन २०१९ मा ७७ खेलमा एक सय विकेटको कीर्तिमान बनाएका थिए । सन्दीपले ७३ खेलमा एक सय ५० विकेट लिँदै स्टार्सको कीर्तिमान तोड्न सफल भए ।

सन्दीपले यसअघि नै एक दिवसीयमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान आफ्नो नाममा राखे । सन्दीपले एक दिवसीयमा व्यक्तिगत सर्वाधिक ६ विकेट भने सन् २०२१ को विश्वकप लिग–२ कै सिरिजमा पिएनजीविरुद्ध लिएका थिए ।

सोमबार स्कटल्यान्डविरुद्ध तीन विकेट लिनेक्रममा सन्दीपले पूरा १० ओभर बलिङ गर्दै ४७ रन खर्चिए । यस खेलमा अर्का बलर ललित राजवंशीले आठ ओभरका ३२ रन खर्चिएर सर्वाधिक चार विकेट लिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *