सदनमा राष्ट्रिय पोसाक र प्रधानमन्त्रीको व्यवहारबारे सांसदले बुझ्न चाहन्छन् : गुरु बराल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय पोसाकको परिपालना र प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले देशले सुशासन, राष्ट्रिय मर्यादा र राष्ट्रिय पहिचानको माग गरिरहेको बताएका हुन् । उनले संयुक्त सदनमा हुने राष्ट्रिय महत्वका बैठकमा राष्ट्रिय पोसाकको अनिवार्य परिपालना हुनुपर्ने धारणा राख्दै सभामुखमार्फत रुलिङको माग गरे ।

उनले भने, ‘आज देशले सुशासनसँग जोडिएर राष्ट्रिय मर्यादाको माग गरेको छ, राष्ट्रिय पहिचानको माग गरेको छ । प्रधानमन्त्रीज्यूले दुईवटा राष्ट्रिय महत्वका बैठकमा राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्ने हो कि होइन ? चलन त्यसै चल्दैन, चलाएपछि चल्छ । हामीले देशमा कस्तो चलन चलाउने हो ? म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’

यसैगरी, सांसद बरालले राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका क्रममा प्रधानमन्त्रीको व्यवहारमाथि पनि प्रश्न उठाए । राष्ट्रपति सम्बोधन गरिरहँदा प्रधानमन्त्री बिचमै उठेर बाहिरिएको भन्दै उनले नीति तथा कार्यक्रमप्रति प्रधानमन्त्रीको ‘ओनरशिप’बारे संसद्ले बुझ्न चाहेको बताए ।

उनले भने, ‘राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रम सम्बोधन गरिरहनु भएको छ। देशको प्रधानमन्त्री कार्यक्रम टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नुपर्ने भएको थियो, बिचमै उठेर बहिष्कार गरेर हिँडेको हामीले देख्यौं। यसले यो नीति तथा कार्यक्रमप्रतिको उहाँको ओनरशिप के हो, यो संसद्ले बुझ्न चाहन्छ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *