बीपी राजमार्ग फेरी बन्द, यात्रा नगर्न प्रहरीको अनुरोध
No ads found for this position
No ads found for this position
रामेछाप । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि सुचारु भएको बीपी राजमार्ग फेरी बन्द भएको छ । ४ दिनपछि बिहान १० बजेसम्म खुलेको राजमार्ग रोशी खोलामा पानीको बहाव बढेसँगै फेरी बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा राखिन्छ ।
प्रतिक्रिया


