सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन बुधबार ५ हजार ८ सय रुपैयाँले बढेको थियो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ८ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ९८ हजार ६ सय कायम भएको छ। बुधबार प्रतितोला सुन २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। १ सय रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार १५५ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी ५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *