चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाइँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र भएका अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

कार्यालयले वन क्षेत्र, सामुदायिक वन, कुन्जभित्रका सडक, खोला तथा नदी किनारका क्षेत्रमा अनाधिकृत रूपमा बसोबास तथा संरचना निर्माण गरिएको भन्दै त्यसलाई तत्काल हटाउन निर्देशन दिएको हो ।

सूचनाअनुसार, वन क्षेत्रभित्र अनधिकृत रूपमा बनाइएका घर, टहरा, गोठ, पर्खाल, खेतीपाती लगायतका संरचना १५ दिनभित्र खाली गर्नुपर्नेछ । तोकिएको समयभित्र अतिक्रमण नहटाएमा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

निकुञ्ज प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार जरिवाना तथा कैद सजाय हुन सक्ने उल्लेख गर्दै समयमै अतिक्रमण हटाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *