हर्क साम्पाङको प्रश्न- निरंकुश सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ?

No ads found for this position
No ads found for this position

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुम्वासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत उनले सुकुम्वासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे ।

उनले लेखेका छन्, ‘१९ सय प्रहरी खटाएर गरीब नेपाली सुकुम्वासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’

उनले सुकुम्वासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे गरे ।

‘माननीय रवि लामिछानेजी कता हराउनु भयो ? सरकारले के गर्‍या त्यस्तो, जनता सडकमा रात बिताउन थाले हिजो देखि,’ उनले लेखेका छन् ।

साथै उनले सदन चाँडो खोल्न समेत आग्रह गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *