सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संघीय संसद्‍को अधिवेशन स्थगित

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् । पौडेलले संघीय संसद्‍को दुवै सदन स्थगित गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितशकुमार शाक्यले विज्ञप्ति मार्फत जनाएका छन् ।

सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । सरकारले स्थगित गर्न पठाएको पत्रमा अधिवेशन कहिले आह्वान गर्ने भन्ने मिति उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रपति पौडेललाई पठाएको पत्रमा अधिवेशन विशेष कारणले स्थगित गर्नुपरेको उल्लेख गरेको छ ।

यसअघि मन्त्रिपरिषद बैठकको वैशाख ८ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *