ठमेलमा बनेका अनाधिकृत संरचनामा महानगरको डोजर (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं । महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएको छ । आज काठमाडौं महानगरपालिका- २७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डोजर चलाएर भत्काएको हो ।

सोमवार सुरक्षाकर्मी र डोजरसहित पुगेको महानगरको टोलीले मन्दिरको सौन्दर्य र सार्वजनिक आवागमनमा बाधा पुर्‍याइरहेका संरचनाहरू हटाएको हो । त्रिदेवी मन्दिर काठमाडौंको ऐतिहासिक र धार्मिक महत्वको स्थल हो । यहाँका अनधिकृत संरचना हटेसँगै मन्दिर परिसर खुला भएको छ । सम्पदा प्रेमीहरूले भने महानगरको यो कदमको स्वागत गरेका छन् । उनीहरूका अनुसार पुरातात्विक क्षेत्रलाई व्यवस्थित बनाउन यस्ता कदम जरुरी छन् ।

तस्बिरहरू : सक्षम घिमिरे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *