करण केसी कार्वाहीमा, जरिवाना काट्ने क्यानको निर्णय

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नेपालपुलिस क्लबका स्टार क्रिकेटर करण केसी कार्वाहीमा परेका छन् ।

विवादित स्टाटसलाई लिएर उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।

प्रतिवन्धका कारण केसीले आज नेपाल पुलिस र मधेसबीचको म्याचमा खेल्न पाएनन् । उनलाई आजको म्याचको म्याच फी पनि काटिएको छ ।

करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको क्यानको ठहर छ । प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उनलाई १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय भएको उल्लेख छ ।

करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्टाटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने उनको प्रश्न थियो । करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो ।

करणले हिजै उक्त स्टाटस हटाएर क्षमायाचना गरिसकेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *