संसदीय समितिका ४ सभापतिले लिए शपथ
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका ४ वटा संसदीय समिति सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार संघीय संसद सचिवालयले आयोजना गरेको शपथ समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष उनिहरुले शपथ लिएका हुन् ।
राष्ट्रिय सभा अन्तर्गगत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएका थिए ।
मंगलबार बसेको सम्बन्धित समितिको बैठकले उनिहरुलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको थियो । समिति सभापतिहरुको शपथग्रहण समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारी, राष्ट्रिय सभाका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।


