प्रतिनिधिसभाबाट ३ वटा अध्यादेश स्वीकृत, अर्को बैठक भली १ बजे बस्ने
काठमाडौं । प्रतिनिधिसभाबाट मदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको हो ।
साथै मन्त्री गुरुङले नै प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावपनि सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।
त्यस्तै उनकै प्रस्तावमा नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पनि स्वीकृत भएको छ ।
संसदको चौथो बैठक मंगलबार बस्ने
प्रतिनिधिसभाको अर्को बैठक भोली (मंगलबार) १ बजे बस्ने भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे ।


