निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे विजयी

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि बिहीवार भएको मतदान बाट अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् ।

पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी एडि लामाले ४ सय १३ मत प्राप्त गरे । महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरे ।

कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भएका छन् ।

नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भए । आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भए भने महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी, कोषाध्यक्षमा उज्ज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *