ड्रोन तस्बिरमा हेर्नुस् ‘तेमाल जात्रा’

No ads found for this position
No ads found for this position

काठमाडौं । चैत शुक्ल पूर्णिमादेखि सुरु हुने तेमाल जात्रा तामाङ जातिको प्रमुख धार्मिक पर्व हो। परम्परागत रूपमा प्राचीनकालदेखि मनाउँदै आएको यो जात्रा बौद्ध धर्मावलम्बी तामाङ समुदायको सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको छ।

जात्रा चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपबाट सुरु हुन्छ र पूर्णिमाको दिन सूर्योदयसँगै स्वयम्भूमा पुनः आरम्भ भएर साँझमा आकाशमा पूर्णचन्द्र देखिएपछि समाप्त हुन्छ। यस क्रममा बौद्ध स्तूप, नागार्जुन स्तूप, बालाजुको २२ धारा र स्वयम्भू चैत्यमा तीर्थाटन र दीप प्रज्ज्वलन गरिन्छ। यहीं कारणले यो पर्वलाई ‘तेमाल जात्रा’ भनेर चिनिन्छ।

तस्विरहरु : टार्जन लिम्बु



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *