मन्त्रिपरिषद् बैठक बस्दै
No ads found for this position
No ads found for this position
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् ।
बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । शुक्रबार नयाँ सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
पहिलो दिनको बैठकले गत भदौ २३ र २४ गते भएको जीनजी आन्दोलन घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार तत्कालीन प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ ।
आजको बैठकले पनि महत्त्वपूर्ण निर्णय गर्ने अनुमान छ ।
प्रतिक्रिया


