एमालेको आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानबिन गर्न माग

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज पनि आन्दोलन जारी छ । आइतबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।

माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्ने बताए ।

पदर्शनमा पुगेका एक कार्यकर्ताले भने, ‘यही हिसाबले यो सरकार अगाडि जान्छ भने एमाले मात्र होइन, नेपाली कांग्रेस पनि यो आन्दोलनमा सहभागी हुन्छ । कार्की आयोगको प्रतिवेदनमा जेनजी आन्दोलनलाई उकासी सरकारी संरचना जलाएर राज्य ध्वस्त बनाएकाहरु गृहमन्त्री र प्रधानमन्त्री भएका छ्न् । वहाहरुको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्छ भन्ने माग हो।’

ओलीलाई रिहाइ गर्नुपर्ने माग गर्दै एमालेले आज ७७ जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *