ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा शपथ लिएका हुन् ।

यो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट केसी निर्वाचित भएका थिए । उनि ७८ वर्ष भए।

राष्ट्रपतिबाट शपथ लिनुभएका केसीले ज्येष्ठ सदस्यको हैसियतले बिहीबार (भोली) चैत्र १२ गते प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभामा ज्येष्ठ सदस्यले नै बैठकको अध्यक्षता उनैले गर्ने छन् । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना गरी जम्मा २ सय ७५ जना सांसदहरु निर्वाचित भएका छन्।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *