बालेन होइन, रवि प्रधानमन्त्री बन्नुपर्छ, हामी सरकारमा जाँदैनौं : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभाका सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन शाह नभई रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् ।
उनले श्रम संस्कृति पार्टी सरकारमा नजाने बताए । काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले जनताले आफ्नो पार्टीलाई सरकारमा जाने म्यान्डेट नदिएको बताए ।
उनले भने, ‘जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएकोले म्यान्डेट अनुसार काम गर्नेछौँ । रास्वपाले सरकारमा बोलाए पनि हामी सरकारमा सहभागी हुँदैनौं ।’
उनले श्रम संस्कृति पार्टीलाई अहिले जनताले प्रश्न गर्ने ठाउँमा पुर्याएको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा बसेर प्रश्न गर्छौँ । हामीले गरेको प्रश्नको उत्तर समय दिन सक्ने मान्छे प्रधानमन्त्री हुनपर्छ ।’


