कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं। कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको हो । विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य रहेको बताइएको छ ।

बीबीसी हिन्दीका अनुसार, पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको हो । त्यहाँ पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

विमानमा आगलागीका कारण भित्र भण्डारण गरिएको गोला बारुद पनि विस्फोट भएका छन् । यो विमान अमेरिकी निर्मित सी–१३० हर्कुलस थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *