रामेछापमा सुमो दुर्घटना हुँदा ६ जना घाइते
No ads found for this position
No ads found for this position
रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ।
खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौं पठाइएको छ ।
अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया


