रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका भाटले पाए घरमै नागरिकता

No ads found for this position
No ads found for this position

बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाई प्रजिअ निरौलाले नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।

धनगढीमा बसोबास गर्दै आएका भाटलाई उनकै बसोबास स्थलमा पुगेर नागरिकताको प्रतिलिपि दिइएको हो । रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका भाट बाजुरामा हिड्डुल गर्न समस्या भएपछि धनगढीमा बस्दै आएका छन्।

भाट सन् २०१८ मा भारतको मुम्बईस्थित बेलापुरमा काम गर्न जाने क्रममा भएको रेल दुर्घटनामा परेर दुवै खुट्ट गुमाएर अशक्त भएका थिए ।

सोही दुर्घटनाका क्रममा उनको नागरिकता समेत हराएको थियो । त्यसयता उनी अपाङ्गताका साथसाथै नागरिकता नहुँदा विभिन्न राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित थिए । पुनः प्रतिलिपि समेत बनाउन उनलाई कठिनाइ भएको थियो । अशक्त नागरिकको लागी घरमै पुगेर प्रतिलिपि प्रदान गरिएको प्रजिअ निरौलाले बताए ।

राज्यले प्रदान गर्ने सेवा–सुविधाबाट कुनै पनि नागरिक वञ्चित हुनु हँदैन् भन्ने मान्यताका साथ अशक्त नागरिकको लागी घरमै पुगेर सेवा उपलब्ध गराइएको निरौलाको भनाइ छ । खगिन्द्रका बुबा वडाको सिफारिसका साथ प्रशासन कार्यालयमा समेत पुगेका थिए।प्रशासन पुगेका उनले छोराको अवस्थाबारे जानकारी गराएका थिए ।

जानकारी पश्चात् प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै उनको घरमै पुगेर प्रतिलिपि हस्तान्तरण गरेको हो ।

प्रशासनको यो कदमले अन्य नागरिकमा समेत भरोसा थपिएको छ।बाजुराबाट करिब ३ सय किलोमिटर टाढा धनगढीसम्म पुगेर प्रशासनले सेवा प्रदान गरपछि उक्त कामको प्रशंसा समेत गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *