रास्वपाको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु भएको छ ।

दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरमा मंगलवारदेखि सुरु भएको हो ।

अभिमुखीकरण कार्यक्रमको पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले घण्टी बजाएर उद्घाटन गरे । कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरू सहभागी रहेका छन् ।

रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय ८२  सिट जितेको थियो । आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागी रास्वपाले २ दिने कार्यशाला आयोजना गरेको जनाएको छ ।

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्य प्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइने जनाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *