प्रधानसेनापति र अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलबीच भएको भेटवार्तामा के कुराकानी भयो ?
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलबीच सोमबार सैनिक मुख्यालय जङ्गीअड्डामा भेटवार्ता भएको छ।
भेटमा उनीहरूबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ। भेटमा भोवेलले नेपालको अहिलेको परिवर्तित राजनीतिक र भू-राजनीतिक अवस्थाका बारेमा चासो राखेका थिए । भेटमा उनिहरुबिच सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा पनि छलफल भएको थियो।
जनरल भोवेल आइतबार बिहान ड्रुक एयरको जहाजमार्फत् चार सदस्यीय टोलीको नेतृत्व गर्दै भुटानबाट काठमाडौं आएका थिए।
नेपाली सेनाले भोवेलको नेपाल भ्रमणलाई नियमित भनेको छ। बिहीबार नयाँ दिल्लीमा भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका उनी भुटान गएका थिए।
भोवेल फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनपछि नेपाल आउने सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् ।


