विमानस्थलाई निशाना बनाइ तेहरानमा इजरायलको भीषण हमला

No ads found for this position
No ads found for this position

काठमाडौं । इजरायलले इरानको राजधानी तेरहानमा सोमबार बिहान भीषण हमला गरेको छ।

सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरू र इरानी सरकारी सञ्चार माध्यमका अनुसार तेहरानको आकाशमा कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ भने ठूला विष्फोटका आवाजहरू सुनिएका छन्।

विष्फोटका घटनाहरू मध्ये एउटा ठूलो आगलागी मध्य तेहरानमा देखिएको थियो भने अर्को सहरको पश्चिमी भागमा देखिएको थियो।

विष्फोटको समय इजरायली सेनाले सोमबार बिहान जारी गरेको एक विज्ञप्तिसँग मेल खान्छ। उक्त विज्ञप्तिमा इजरायलले तेहरानका पूर्वाधारहरूलाई लक्षित गरी हवाई हमलाको लहर सुरु गरेको उल्लेख गरिएको थियो।

इरानको कुलीन रिभोलुसनरी गार्ड्सले इजरायली लडाकु विमानहरूले देशकै सबैभन्दा व्यस्त हवाई यातायात केन्द्र मेहराबाद विमानस्थललाई निशाना बनाएको जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *