२ सिटले पुगेन रास्वपाको दुई तिहाइ, ६ दल बने राष्ट्रिय पार्टी

No ads found for this position
No ads found for this position

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।

प्रत्यक्षमा रास्वपाले १२५ सिट जितेको र समानुपातिक मतको आधारमा ५७ सिट पाउने भएको छ । यो सँगै रास्वापाको कुल सिट १८२ पुग्ने भएको छ ।

रास्वपा दुई तिहाइ बहुमत हुनबाट मात्र दुई सिटले रोकिने भएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।

रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो ।

यस्तै दोस्रो पार्टीको रुपमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ र समानुपातिकमा २० सिट पाउने देखिएको छ । कांग्रेसले १७ लाख ५४ हजार ५२ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट हुने देखिएको छ ।

यस्तै नेकपा एमालेले प्रत्यक्षमा ९ सिट जितेको छ भने समानुपातिकबाट १६ सिट पाउने देखिएको छ । प्रतिनिधि सभामा एमालेको २५ सिट हुनेछ । एमाले १४ लाख ५१ हजार ७५९ मत पाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा ८ सिट जिते र समानुपातिकमा ९ सिट पाउने देखिएको छ । प्रतिनिधिसभामा नेकपाको १७ सिट हुनेछ । नेकपाले समानुपातिकतर्फ ८ लाख ८ हजार ५ सय ८२ मत पाएको छ ।

यस्तै प्रतिनिधिसभामा श्रम संस्कृति समानुपातिकमा ४ सिट पाउने देखिएको छ । श्रम संस्कृतिले ३ सिट प्रत्यक्षमा जितेकाले अब उसको कुल ७ सिट हुनेछ ।

यस्तै राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले भने समानुपातिकमा ४ सिट जित्दा कुल ५ सिट हुनेछ ।

६ दल बने राष्ट्रिय पार्टी

यस पटक प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सिट पाउने ६ वटा पार्टी राष्ट्रिय पार्टी बनेका छन् ।

राष्ट्रिय पार्टी बन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *