श्रमदातालाई हर्कको आह्वान- दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न तयार रहनु 

No ads found for this position
No ads found for this position

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नवनिर्वाचित साम्पाङले पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले मान्छे पठाएको समेत बताएका हुन् ।

‘दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने भएको छु । यस कठिन भौगोलिक अवस्थामा हुने निर्माण कार्यका लागि देशव्यापी रूपमा श्रमदाता पनि तयार रहनुस् । पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले एउटा अग्रिम टोली त्यसतर्फ पठाइसकेको छु,’ उनले भनेका छन् ।

मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर, क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव नभएको उनले बताए ।

उनले भने, ‘मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि म पनि निर्माण स्थलमा जन्छु । मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर जाँदैन । क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव छैन ।’

साम्पाङले पुल निर्माणको काम सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्ने जनाकारी समेत दिए । उनले भने, ‘त्यहाँ बिजुलीको सुविधा छैन त्यसले गर्दा ड्रिल मेसिन प्रयोग गर्न सकिदैन । जेनेरेटर बोकेर लान पनि सकिदैन । त्यसैले श्रमदानमा जानेहरूले घन, मार्तोल, बेल्चा, गैँती र झब्बलको भरमा ढुङ्गा र गिटी फुटाउनेदेखि बाटो खन्नेसम्मको काम हातैले गर्नुपर्ने हुन्छ । यसैले पुल निर्माणको काम सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्न सक्छ ।

सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि माथि आफ्नो गच्छेअनुसार सहयोग गर्न साम्पाङले आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *