सुनसरी- १ बाट हर्क साम्पाङ विजयी
No ads found for this position
No ads found for this position
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी- १ बाट ३५ हजार ७४१ मत ल्याइ विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् ।
सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाए भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् ।
साम्पाङ धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया


