पैसा बड्दै हिडेको आरोपमा राप्रपा नेता पक्राउ ​

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झापा क्षेत्र नम्बर- २ का उपाध्यक्ष राजुजंग कन्दङवा पक्राउ परेका छन्। उनले चुनाव लक्षित पैसा बड्दै हिडेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ।

बिर्तामोड नगरपालिका- ६ निवासी कन्दङवालाई बिर्तामोडस्थितपार्टी कार्यालय अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले पक्राउ गरेर कान्दङवालाई निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको छ।

झापा- २ मा राप्रपाबाट स्वागत नेपाल उम्मेदवार रहेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *