सुनको मूल्य आज ११ हजारले घट्यो
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा २७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५४० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया


