हाई टेन्सनमा टिप्परको डाला छोएपछि करेन्ट लागेर एकको ज्यान गयो

No ads found for this position
No ads found for this position

सिराहा । गोलबजार नगरपालिका–२ मा टिप्परको हाइड्रो लिक डाला उठाउने क्रममा ११ हजार भोल्टको हाई टेन्सन विद्युत् लाइनमा डाला छोएपछि करेन्ट लागेर चालकको ज्यान गएको छ ।

घटनाका अनुसार प्र.२–०१–००१ का ००४५ नम्बरको टिप्परका चालक सन्तोष कुमार साहले गाडीको डाला उठाउने क्रममा माथि रहेको हाई टेन्सन लाइनमा टच हुन पुगेको बताइएको छ। करेन्ट लागेसँगै गाडीमा आगो समेत लागेको स्थानीयले जानकारी दिएका छन् ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने प्रहरी र सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ । शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको बताइएको छ ।

यस घटनाले विद्युत् लाइन नजिक काम गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता पुनः एक पटक स्मरण गराएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *