नौबिसे-नागढुंगा सडक खण्डको काम  ८५ प्रतिशत सम्पन्न

३५ दिनभित्र कालोपत्रे र खानी खोलामा आकासे पुल निर्माण हुने

No ads found for this position
No ads found for this position

धादिङ। धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे-नागढुंगा सडकको काम हालसम्म ८५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

नौबिसे-नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकारअनुसार नौबिसे-नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ ।

आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानी खोलामा आकाशे पुल निर्माण गनुपर्नेछ ।

अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम सुरु गरिने आयोजनाले जनाएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।

आकाशे पुल निर्माण हुने खानी खोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको छ । आकाशे पुल निर्माण लगायत मुख्य कामहरू ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ ।

सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ ।

अकासे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले  गति लिने विश्वास आयोजनाले लिएको छ ।

सगुन कन्स्ट्रक्सन प्रबन्ध निर्देशक सहदेव खड्काले निर्वाचनका कारण निर्माणमा केही ढिलाइ हुने बताए। यसअघि सडकमा रहेका विद्युत् पोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो ।

२०७९ बाट निर्माण सुरु गरिएको आयोजना तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *