झुलाघाट नाका तीन दिन बन्द हुने

No ads found for this position
No ads found for this position

बैतडी । आसन्न निर्वाचनलाई लक्षित गर्दै बैतडीस्थित झुलाघाट नाका तीन दिन बन्द हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि सीमा बन्द गरिनेछ । सो नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछ ।

निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन भारतसँग जोडिएको सीमामा सुरक्षा सतर्कता बढाइएको छ भने सशस्त्र प्रहरीका बीओपीमार्फत निगरानी कडा पारिएको छ ।

यस्तै तल्लोसोराड क्षेत्रमा महाकाली नदीका घाटबाट डुंगामार्फत हुने आवतजावत पनि सो अवधिमा बन्द गरिने जनाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *