४ वर्षदेखि बन्धक नेपाली किशोरीको भारतबाट उद्धार
No ads found for this position
No ads found for this position
काठमाडौं । भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार वर्षदेखि बन्धक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी बासिन्दा हुन् ।
नेपाली दूतावास दिल्लीमा आएको निवेदनका आधारमा किन इन्डिया, वाल कल्याण समिति र हिमान्चल प्रहरीको टिमले चार वर्षदेखि बन्धक किशोरीलाई उद्धार गरिएको किन इन्डिया सामाजिक संस्थाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिए ।
जोशीले दिएको जानकारी अनुसार दुई महिनाको प्रयासपछि निज किशोरीलाई सकुशल उद्धार गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने भएको छ ।
प्रतिक्रिया


