शेखर कोइरालाले सार्वजनिक गरेको ८ बुँदा अठोट पत्रमा के छ ?

No ads found for this position
No ads found for this position

मोरङ। कांग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर- ६ का उम्मेदवार डा. शेखर कोइरालाले मंगलबार आफ्नो अठोट पत्र सार्वजनिक गरेका छन्।

उनका अठोट पत्र प्रमुख ८ बुँदामा प्रतिबद्ध छन्। जुन यस्ता छन्:

बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयन लोकतन्त्र भावनाले मात्र टिक्दैन, संस्थाले टिक्छ।

-संविधान संशोधन र पूर्ण कार्यान्वयनका लागि संसद्मा सक्रिय भूमिका

-संघीयता सुदृढीकरण र अधिकारको स्पष्ट कार्यान्वयन

-नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनको रक्षा

-सार्वजनिक संस्थाहरूको राजनीतिक दुरुपयोग रोक्ने पहल

-नीति निर्माणमा नागरिक सहभागिता प्रणाली

-सबै जातजातिको आस्था, धर्म, कला, संस्कृति र परम्पराको संरक्षण

सन्देश: ‘लोकतन्त्र सुरक्षित भए मात्रै विकास दिगो हुन्छ।’

औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना मोरङ ६ : उद्योगको ऐतिहासिक आधार।

-बन्द/कमजोर उद्योग पुनः सञ्चालन नीति

-साना तथा मझौला उद्योग (एसएमई) लाई कर सहुलियत

-विराटनगर विमानस्थल लाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति

-गुद्री बजारलाई पीपीई मोडलमा विकास गर्ने

-उद्योग-शिक्षा सहकार्य (इन्टर्नसिप-जब पाइपलाइन)

-स्थानीय युवालाई रोजगार प्राथमिकता नीति

-विराटनगरलाई विशेष आर्थीक क्षेत्र (एसईजेड) का रूपमा विकास गर्ने

-उत्पादनमुखी लगानी आकर्षण

-स्थानीय हाट बजारलाई वैज्ञानिकीकरण गर्ने

सन्देश: ‘रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र’

बाढी-डुबान समाधान र सुरक्षित पूर्वाधार हर वर्षको पीडा- स्थायी समाधान।

-बुढीखोला, केशलिया, सिंघिया र गछियालगायत नदीहरूको दीर्घकालीन गुरुयोजना

-तटबन्ध निर्माण

-वैज्ञानिक ड्रेनेज र ढल निकास प्रणाली

-वर्षा पानी व्यवस्थापन

-गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको पूर्णता

-विपत्‌का लागि पूर्वसूचना प्रणाली विस्तार

सन्देश: बाढी नियन्त्रण : जीवन र सम्पत्तिको सुरक्षा

जलवायुमैत्री कृषि र किसान संरक्षण किसानलाई सहानुभूति होइन, प्रणाली चाहिन्छ।

-जलवायु अनुकूल बिउ र प्रविधि

-ड्रिप/स्प्रिंकलर सिँचाइ प्रवर्द्धन

-मल, बिउ, बजार सुनिश्चितता

-कृषि उत्पादन – प्रशोधन उद्योग जोड्ने नीति

-कृषि बिमा विस्तार

-बाँझो जमिन उपयोग कार्यक्रम

-जैविक खेती प्रोत्साहन

सन्देश: किसानको पसिना : अर्थतन्त्रको मेरुदण्ड

शिक्षा सुधार र सिप-आधारित अवसर डिग्री मात्र होइन।

-डिजिटल कक्षा र स्मार्ट शिक्षण

-प्राविधिक/व्यावसायिक शिक्षा विस्तार

-सिप-रोजगारी समन्वय कार्यक्रम

-उच्च शिक्षा नपाएकाका लागि सिपमूलक कार्यक्रम

-सरकारी विद्यालयको स्तरोन्नति

-छात्रवृत्ति र समावेशी शिक्षा

-मदरसा/गुरुकुल स्तरोन्नति

सन्देश: सिप भएको युवा बेरोजगार हुँदैन

स्वास्थ्यमा सहज पहुँच र भरोसा स्वास्थ्य सेवा : आधारभूत अधिकार।

-सरकारी अस्पतालको स्तरोन्नति

-सहुलियतमा उपचार व्यवस्थापन

-प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण

-स्वास्थ्य बिमा व्यवस्थित कार्यान्वयन

-मातृ-शिशु स्वास्थ्य कार्यक्रम

-नियमित निःशुल्क स्वास्थ्य शिविर

सन्देश: स्वास्थ्यमा पहुँच : सम्मानित जीवन

प्रविधि, डिजिटल सेवा र युवा सशक्तीकरण भविष्य डिजिटल छ – तयारी आजै।

-स्थानीय आईटी हब स्थापना

-स्टार्टअप कोष र सहुलियत ऋण

-कोडिङ, एआई, डिजिटल सिप तालिम

-डिजिटल रोजगारी सिर्जना

सन्देश: डिजिटल नेपाल स्थानीय तहबाट

सुशासन, पारदर्शिता र सामाजिक सुरक्षा विकास भ्रष्टाचारमा डुब्यो भने जनता डुब्छन्।

-भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

-डिजिटल सार्वजनिक सेवा प्रणाली

-जनगुनासो दर्ता/समाधान कक्ष

-सहकारी सुधार र बचत सुरक्षा

-महिला उद्यमशीलता कार्यक्रम

-युवा उद्यमशीलता कोष

-ज्येष्ठ नागरिक/अपाङ्गता सेवा विस्तार

सन्देश: सुशासनबिना समृद्धि सम्भव छैन



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *