बसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं । फागु पर्व अर्थात् रङ्गहरूको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रूपमा सुरु भएको छ ।

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात् होली उपत्यकालगायत मुलुकभर औपचारिक रूपमा सुरु भएको हो ।

आज बिहान ७:१३ बजेको शुभ साइतमा पारेर बाजागाजासहित रङ्गीचङ्गी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *