नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को घोषणा पत्र सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्ने बताइएको छ । उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचार मुक्त राजनीति रहेको भन्दै घुस नखानेको पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘हामीमाथि भ्रष्टाचारको आरोप नलाग्ने गरी अन्तर्राष्ट्रिय मञ्चमा उभिनसक्ने नेतृत्वबिना हामीले अरूमाथि प्रश्न गर्न सक्दैनौँ । त्यसैले उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचारमुक्त राजनीति हो । त्यसैले भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्छ । त्यसैलाई हामीले चलनचल्तीको भाषामा र साङ्केतिकरुपमा ‘घुस नखाने राजनीति, घुस नखाने पार्टी’ भनेका हौँ ।’

त्यस्तै अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रुपमा रहेका पूराना शक्तिहरूले आफ्नो अयोग्यता सावित गरिसकेको र नयाँ पार्टीलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह नरहेको नेकपाको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) वर्तमान समयको मागलाई पूरा गर्न प्रतिबद्ध रहेको जनाइएको छ । ‘अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रुपमा एकातिर ति पुराना शक्तिहरू छन् । जसले आफ्नो अयोग्यता सावित गरिसकेका छन् । अर्कोतर्फ ती नयाँ पार्टी छन् जसलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह छैन । मानौँ उनीहरू रङ्गमञ्चमा आएपछि मात्रै नेपाली राजनीतिको इतिहास सुरु भएको हो ।

यसरी नेपालको राजनीति अँध्यारोतर्फ जाँदैछ, दुर्घटनातर्फ जाँदैछ । यस्तो अवस्थामा मुलुकले विचौलियातन्त्रका सहयोगी तथा आन्तरिक लोकतन्त्र मरिसकेका पुराना ठूला पार्टीहरूको विकल्प खोजेको छ । त्यस्तै, नयाँ भनिने सिद्धान्तहीन, विचारहीन, पपुलिष्ट पार्टीहरूको पनि विकल्प खोजेको छ । यो राष्ट्रिय राजनीतिक निराशालाई चिर्न सक्ने नयाँ क्रान्तिकारी शक्तिको आशा गरेको छ ।

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) समयको त्यस मागलाई पूरा गर्न प्रतिबद्ध छ । आन्तरिक लोकतन्त्रलाई ग्यारेण्टी गर्दै दलाल पुँजीवादसँग लड्न सङ् कल्पबद्ध छ ।’ घोषणापत्रमा लेखिएको छ ।

घोषणापत्रमा राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठुलो तगारो भएको उल्लेख गरिएको छ ।

आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग
घोषणापत्रमा भनिएको छ, ‘अब सित्तैमा कसैले दिँदैन र कसैले दियो भने पनि बिनाशर्त दिँदैन । हाम्रो राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठुलो तगारो हो । अब हामीले भन्न सक्नु पर्छ । हाम्रा आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग लिँदैनौँ’ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *