राष्ट्रपति पौडेलद्धारा निर्वाचन सफल पार्न आह्वान

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन् ।

मंगलवार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औं) मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना दिदै उनले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गरे ।

उनले भने, ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागी लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले फागुन २१ गतेको लागी तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन् अवसरमा म सबैलाई आह्वान गर्दछु ।’

फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *