अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुनुपर्छ : अर्थमन्त्री खनाल

No ads found for this position
No ads found for this position

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएका छन् ।

मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताएका हुन् । खनालकाअनुसार सूचनाको हकसम्बन्धी कानूनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेका छन् । तर व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धा प्रभावित भइरहेको उनले बताए ।

पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताए । खनालकाअनुसार धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्छ । खनालले नेपालका लेखामापदण्डले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको बताए ।

तर कुनै कम्पनीले आवश्यक सूचना सार्वजनिक गरे / नगरेको विषयमा पत्रकारहरूले गम्भीर अनुगमन नगरेको उनको टिप्पणी थियो । खनालकाअनुसार समान अवसरको व्यवस्था विश्वभर प्रचलित भएपनि नेपालमा कम्पनीहरूले दलित, जनजाति तथा पिछडिएका वर्गलाई कति रोजगारी दिएका छन् भन्ने विवरण सहज रूपमा प्राप्त हुन सकेको छैन । नागरिकसम्म सही सूचना पुर्याउने क्षेत्रमा अझै ठूलो सम्भावना बाँकी रहेको उनको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *