झापा भ्रमण सकेर काठमाडौं फर्किए पूर्वराजा शाह, स्वागतमा ठुलो भीड ( फोटो फिचर )

No ads found for this position
No ads found for this position

काठमाडौं । झापा भ्रमण सकेर काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर उनका समर्थकहरूको ठूलो भीड जम्मा भएको छ ।

राजावादी तथा राष्ट्रवादी समूहहरूका कार्यकर्ताहरूले राष्ट्रिय झण्डा फहराउँदै, विभिन्न नारा लगाउँदै पूर्वराजाको स्वागत गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा लगायतका व्यक्तिहरू पनि विमानस्थल पुगेर स्वागतमा सहभागी भएका छन् ।

उनको आगमनलाई लिएर विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गर्दै पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको भएपनि समर्थकहरूले निषेधाज्ञा छलेर भीड जम्मा गरेका छन् । प्रहरीले विमानस्थलदेखि निर्मल निवाससम्मको क्षेत्रमा उच्च शतर्कता अपनाएको छ ।

एसपीको कमान्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’जस्ता नारा लगाइरहेका छन् भने केहीले पूर्वराजाको गाडी देख्नासाथ हात हल्लाएर अभिवादन गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *