प्रधानमन्त्री कार्कीद्धारा पाथीभारा माताको दर्शन
No ads found for this position
No ads found for this position
ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले पाथीभारा माताको दर्शन गरेकी छन् । साथै पूजाआजा समेत गरेकी छन् ।
दर्शनपछि कार्कीले सामाजिक सञ्जालमा ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरूआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’, लेखेकी छ्न् ।
चुनावको तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जिल्लाका गतिविधिबारे जानकारी लिन आएकी उनी बिहानै पाथीभरा पुगेकी हुन् ।
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीसँग भेट्ने कार्यक्रम छ ।
प्रतिक्रिया


