पहाडी जिल्लाकाे चुनावकाे स्थिती अनुगमन गर्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

No ads found for this position
No ads found for this position

सोलुखुम्बु । आगामी फागुन २१ गते हुने निर्वाचनमा हिमाली क्षेत्रका तयारी सम्बन्धी जानकारी लिनका लागि प्रधानमन्त्री शुसिला कार्की सोलुखुम्बु पुगेकी छन् । उनले त्यहाको वस्तुगत स्थिती पनि बुझने तयारी गरेकी छन् ।

उनी संगै उनका प्रमुख स्वकीय सचिव आर्दश कुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सोलुखुम्बु पुगेका छन ् ।

हेलिकप्टर मार्पmत् बिहान नाम्चे पुगेका प्रधानमन्त्री सहितको टोलि यतिखेर भने सदरमुकाम सल्लेरी पुगेका छन् । उनीहरुलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित विभिन्न सरकारी निकायका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारीको ब्रिफिङ अनुसार अहिले सम्म फागुन २१ मा चुनाव सम्पन्न गर्न कुनै अवरोध नरहेको जानकारी प्राप्त भएको प्रेस सल्लाहकार रावलले जनाए ।

प्रेस सल्लाहकार रावलका अनुसार विभिन्न पहाडी जिल्लाहरुको अनुगमन आज र भोलि गर्ने र त्यसपछि पश्चिममा अनुगमन जाने जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *