टि–२० विश्वकपमा नेपालले आज इटालीको सामना गर्ने
काठमाडौं । भारतमा जारी आइसिसि टि–२० विश्वकप अन्तर्गत आफनो दोस्रो खेलमा आज नेपालले इटालीको सामना गर्नेछ ।
खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजेबाट वानखडे स्टोडियम मुम्बुईमा हुनेछ । आजको खेल दुवै टिमको लागि एकदमै महत्वपूर्ण रहेको छ । आजको खेलमा जित हासिल गर्ने टोलिको सुपर आठमा जाने सम्भावना जिवित रहने छ । नेपाल आफनो पहिलो खेलमा दुई पल्ट टि–२० विश्वकप जितिसकेको इग्ल्याण्डसंग मात्र ४ रनले पराजित भएको थियो ।
खेल अगाडि हिजो भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तान रोहित पौडेलले पहिलो खेलको प्रदर्शनले आत्मबल बढेकोले अरु खेल जित्ने आशा व्यक्त गरेका थिए । इटाली भने आफनो पहिलो खेलमा स्कटल्याण्ड संग पराजित भएको थियो । नेपाल र इटाली टि–२० खेलमा पहिलो पल्ट भिड्न लागेका हुन् ।


