पैसा कमाएर आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँः माधव सापकोटा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिए ।

नेता सापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताए । विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र आफूहरु एउटै नभएको बताए।

उनले नयाँ उम्मेदवारहरूलाई कुन सरकारी कार्यालय कहाँ पर्छन् भन्ने आधारभुत जानकारी समेत नभएको भन्दै उनीहरूका कुरा हाँस्यास्पद रहेको टिप्पणी गरे ।

उनले भने, ‘सबै उस्तै हुन् भन्ने भाष्य सिर्जना गरिएको छ । पहिला-पहिला रेडियो नेपालमा हात्तीछाप चप्पल र हात्ती कुन बलियो भनेर विज्ञापनमा बोलेको जस्तो कुरा हो । हात्तीछाप चप्पल र हात्ती उस्तै होइन । हामीले जनतालाई यसबारे बुझाउन जरुरी छ । जोडले ठूलो स्वरले सुन्ने गरीकन भन्नुपर्छ । पार्टीका तर्फबाट गल्ती कमजोर भएका छन् । सबैभन्दा पहिला जनतासँग गएर आत्मालोचना गरेर रुपान्तरणका लागि तयार हुने पार्टी पनि हामी नै हौँ । ’

पार्टीका तर्फबाट भएका विगतका कमजोरीहरू स्वीकार गर्दै सापकोटाले जनतामाझ गएर आत्मालोचना गर्न आफ्नो पार्टी तयार रहेको बताए । उनले कार्यकर्तालाई प्रत्येक दिन एउटा पोस्ट लेखेर विरोधी भाष्यको गम्भीरतापूर्वक खण्डन गर्न आह्वान गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *