सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु

No ads found for this position
No ads found for this position

झापा । एमबीबीएसका विद्यार्थीले सिरिन्ज हानेर झापामा एक वृद्धको ज्यान लिएका छन् ।

सिरहाका २७ वर्षीय दीपेशकुमार सिंहले झापाको भद्रपुर–१० का ६६ वर्षीय खेमराज ढकालको ज्यान लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सिरिन्ज प्रहार गर्ने सिंह धरानमा बसेर एमबीबीएस चौथो वर्षमा पढ्ने विद्यार्थी हुन् । उनी बुधबार भद्रपुर आई होटेलमा बास बसेका थिए ।

बिहीबार साँझ ढकाललाई घरबाहिर बोलाई घाँटीमा आधा गाडिने गरी सिरिन्ज रोपेका थिए । र, त्यसमा भरिएको रसायन शरीरभित्र पठाएका थिए । उक्त रसायन के थियो भन्नेबारे अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

उनका अनुसार, सिरिन्ज प्रहार गर्ने सिंह र ढकालकी छोरी एउटै कलेजका विद्यार्थी हुन् । उनीहरूबीचको रिसइबीका कारण यो घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *