एमाले सिध्याउन देशविदेश लागिपरेको छ : ईश्वर पोखरेल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको बताएका छन् ।

बुधवार पार्टीका तर्फबाट काठमाडौं उपत्यकाका उम्मेदवारहरुसँगको अन्तरक्रिया संवाद कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । नेता पोखरेलले एमालेमाथि भइरहेको षड्यन्त्रलाई हाबी हुन नदिने गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने काम भइरहेको दाबी समेत गरे । उनले पार्टीको आन्तरिक एकता कमजोर हुँदा वाह्य शक्तिहरुले खेल्न पाउने भएकाले पनि एमालेले आन्तरिक एकतालाई जोड दिने कामलाई अघि बढाएको समेत बताए ।

त्यस अवसरमा वरिष्ठ नेता पोखरेलले एमालेले आसन्न निर्वाचनको चुनावी घोषणा पत्रको तयारीको काम अन्तिम चरणमा पुर्याएको र त्यसमा आफूहरुले गर्नसक्ने कामको समयसीमासहित एजेण्डा समावेश गरिने समेत बताए । नेता पोखरेलले जेन–जी आन्दोलनको नाममा भएका राष्ट्रहित विपरितका गतिविधिप्रति मात्रै एमालेको आपत्ति रहेको समेत बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *