जापान भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किने

No ads found for this position
No ads found for this position

काठमाडौं । जापान ४ दिने भम्रण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।

टोकियो स्थित नारिता विमानस्थलबाट पौडेल केहिबेर अघि नेपालको लागि निस्किएको बताइएको छ । नेपाल र जापान बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा जापान सरकारको निमन्त्रणालाई स्वीकार गरी उनी जापान गएका थिए । भम्रण टोलि प्रथम महिला सवित पौडेल सहित विशिष्ट पदाधिकारीहरु पनि रहेका थिए ।

पौडेललाई टोकियो स्थित नारिता विमानस्थलमा टोकियो स्थित नेपाली राजदुतावासका प्रमुख हरिहरकान्त पौडेल लगायत जापानका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले बिदाई गरेको राजदुतावासले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *